रुकुम पश्चिम -१३, चैत ।
दाङमा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका -१० घर भइ हाल तुलसीपुर -१९, बिजौरीमा बस्दै आएका ३४ वर्षीय गोपाल ओलीले २७ वर्षीया श्रीमती कमला ओलीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटना बिहिबार बेलुकी साढे सात बजे घटेको हो । नेपाल सरकारको लेखा अधिकृतको रुपमा कार्यरत ओलीले धारिलो हतियारले प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले ओलीलाई पक्राउ बिहिबार नै पक्राउ गरिसकेको छ । उनी हाल वन कार्यालय वीरगंजमा लेखा अधिकृत पदमा कार्यरत कर्मचारी हुन् । उनका एक छोरा र एक छोरी छन् ।
केही दिनअघि भाइको काजक्रियाका लागि रुकुम पुगेर दाङ पुगेका ओलीले आफ्नै श्रीमतीको एकाएक हत्या गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।