• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

पुथाका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम

रुकुम पश्चिम -७, चैत ।

Advertisement

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई तीन दिने आधारभूत मानसिक स्वास्थ्य तालिम दिइएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल जनजागरण मञ्चको आयोजनामा तालिम दिइएको हो ।

तीन दिनसम्म चलेको तालिममा मानसिक स्वास्थ्य, स्वस्थ मन, मनोवैज्ञानिक र सामाजिक पक्षका विषयवस्तुमा केन्द्रित रहेर तालिम दिइएको परियोजना अधिकृत हस्तबहादुर भाग्रीले बताए । त्यस्तै मानसिक स्वास्थ्य समस्याका कारण, लक्षण, असर, रोकथामका उपायहरू तथा समुदायमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई पहिचान गर्ने औजारका सम्बन्धमा स्वयंसेविकालाई जानकारी गराइएको छ ।

गाउँपालिकाको वडानम्बर १ देखि १३ नम्बर सम्मका महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको तालिम चैत ५ देखि सुरु भएको थियो । उक्त तालिम समुदाय स्तरमा महत्त्वपूर्ण र आवश्यक रहेको सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले बताएका छन् ।

मानसिक स्वास्थ्य सम्बन्धी विषयवस्तु नयाँ भए पनि सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले तालिममा उत्साहपूर्ण सक्रियता जनाएको जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारीको भनाइ छ ।

तालिम समापनमा बोल्दै प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन गाउँपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

समापन कार्यक्रममा मञ्चका अध्यक्ष टेकबहादुर कुसारी, प्रमुख प्रशासकीय अधिकृत बिक, स्वास्थ्य सेवा कार्यालयका कार्यालय प्रमुख पशुपति आचार्य, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेरबहादुर बिसी, संस्थाका कार्यकारी निर्देशक रण बहादुर परियार, स्वास्थ्य शाखाका प्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको बताइएको छ ।

शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.