• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

पुथा उत्तरगंगा गाउँपालिकामा सामुदायिक रूपान्तरण परियोजना सञ्चालन हुँदै 

"एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न  "

रुकुम पश्चिम -४, चैत ।

Advertisement

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा सामुदायिक रूपान्तरण परियोजना अन्तर्गतको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएमएन कर्णाली प्रदेश सुर्खेत र नेपाल जनजागरण मञ्च रुकुम पश्चिम क्लष्टरको साझेदारीमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनजागरण मञ्चका कर्मचारी सहित ४२ जनाको सहभागिता रहेको अध्यक्ष टेकबहादुर कुसारीले बताए । उनका अनुसार अभिमुखीकरण कार्यक्रममा परियोजना अधिकृत हस्तबहादुर भाग्रीले सञ्चालनको तयारीमा रहेको परियोजनाको विषयवस्तुमा प्रस्तुतीकरण राखेका थिए ।

अभिमुखीकरण कार्यक्रममा पालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको बताइएको छ ।

यस सामुदायिक रूपान्तरण परियोजना पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालन हुने बताइएको छ । परियोजनाको कुल लागत १ करोड ३२ लाख १८ हजार ९ सय रहेको छ ।

परियोजनाले विशेषगरी मानसिक स्वास्थ्य समस्याको दिगो व्यवस्थापनमा केन्द्रित रहेर समुदायमा सचेतना अभिवृद्धि, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी तथा धार्मिक अगुवाको क्षमता विकास गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै मानसिक स्वास्थ्य सम्बन्धी सेवा सुदृढीकरण, औषधि तथा उपकरण सहयोग, प्रभावित व्यक्तिलाई आयआर्जनमा सहयोग, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा नीति निर्माण र पैरवीमा समेत सहयोग गर्ने कार्यक्रम रहेको छ ।

परियोजनाका लक्ष्य, उद्देश्य, क्रियाकलाप तथा रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकारले सरकारी कार्यक्रमसँग एकीकृत गरी कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

नेपाल जनजागरण मञ्चका सामाजिक परिचालक पृथ्वीबहादुर छन्त्यालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टेक बहादुर कुसारीले गरेका थिए । पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका आजीवन सदस्य थल बहादुर शेरचनले स्वागत मन्तव्य राखेको जनाइएको छ ।

बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.