रुकुम पश्चिम -२८, फागुन ।
नेपाल आयल निगम लिमिटेडले शुक्रबारदेखि उपभोक्तालाई आधा ग्यास सिलिन्डर उपलब्ध गराउने निर्णय गरेको छ । हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोल र ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परेकाले आम उपभोक्तालाई आधा ग्यास सिलिन्डर उपलब्ध गराउने निर्णय गरेको हो ।
निगमले भोलिदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७ दशमलव १ केजी एलपि ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु.९ सय ५५ मा विक्री वितरण गर्ने बताएको छ । सोही निर्णय अनुसार आम उपभोक्तालाई ग्यास सिलिन्डर खरिद गर्न अनुरोध गरिएको छ ।
हालको परिस्थितिलाई दृष्टिगत गरी एलपि ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले उक्त निर्णय गरेको जनाएको छ ।
निगमले निकालेको प्रेस विज्ञप्ति तल छ ।
