• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

अबदेखि म सबैको साझा प्रतिनिधि हुँ : गोपाल शर्मा


रुकुम पश्चिम -२४, फागुन ।

Advertisement

रुकुम पश्चिमबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोपाल शर्मा अनलले अबदेखि आफू सबैको साझा प्रतिनिधि भएको बताएका छन् । फागुन २१ गतेको निर्वाचन मत परिणामपछि विजयी बनेका शर्माले मुसिकोटमा आज आयोजित विजयी सभामा बोल्दै सबै रुकुमेलीको प्रतिनिधि भएको बताएका हुन् ।

 

उनले फागुन २१ गतेसम्म मात्रै आफू उम्मेदवारको रूपमा प्रतिस्पर्धी भएको, तर आजदेखि पाँच वर्षसम्मका लागि सबै राजनीतिक दल र आम रुकुमेलीको साझा प्रतिनिधि भएको बताए । सभामा बोल्दै शर्माले पाँच वर्षको अवधिमा रुकुमेली जनताको समृद्धि र विकासका लागि आफूले इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

जनताले नै चुनेर संघीय सांसदको प्रतिनिधि बनाएकाले जनताकै सुझाव र सल्लाह अनुसार काम गर्ने शर्माको भनाइ छ । काम गर्ने सिलसिलामा कतै गल्ती भएमा रुकुमेली जनताको साथ र ध्यानाकर्षणलाई सिरोपर गर्दै रुकुमको शिर ठाडो बनाउने काम गर्ने नवनिर्वाचित सांसद शर्माले प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

त्यस्तै उनले गोपाल शर्मा कुनै प्रभावशाली व्यक्ति नभएको, तर जनताले पार्टीलाई रोजेको र त्यो पार्टीले नै जनताको सेवा गर्ने विश्वास व्यक्त गरेका छन् । कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तमा रहेर आगामी पाँच वर्षको कार्यकालभर रुकुमको कृषि उत्पादन मार्फत रोजगारी सिर्जना गर्ने कुरामा आफ्नो भूमिका रहने बताए ।

 

रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गरेका हुन् ।

 

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजु केसीलाई ४ हजार ९ सय ४८ मतले पछि पारे । कांग्रेस उम्मेदवार केसीले १६ हजार ६ सय ६१ मत प्राप्त गरे ।

 

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पश्चिममा ६२ हजार ५ सय ३९ मत खसेको थियो । कुल ५९ हजार ५ सय २३ मत सदर हुँदा ३ हजार १६ मत बदर भयो । यसपटकको निर्वाचनमा रुकुम पश्चिमबाट १२ जना उम्मेदवारले उम्मेद्वारी दर्ता गराएका थिए ।

 

कूल १ लाख ६ हजार ६ सय ६६ मतदाता रहेको रुकुम पश्चिममा ५९ दशमलव ०३ प्रतिशत मत खसेको थियो ।

 

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको मतगणना गए राती सार्वजनिक गरिएको थियो । समानुपातिक तर्फको मत गणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.