रुकुम पश्चिम -३, फागुन ।
आइसीसी टि२० विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल वेस्ट इन्डिजद्वारा ९ विकेटले पराजित भएको हो ।
यो हारसँगै नेपाल सुपर आठबाट बाहिरिएको छ । आजको खेलमा नेपालले पुरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा वेस्ट इन्डिजलाई १ सय ३४ रनको टार्गेट दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १५ ओभर दुई बलमा लक्ष्य पूरा गर्न सफल भयो । नेपालसँगको जितसँगै ग्रुप सी मा रहेको वेस्ट इन्डिजले एक खेल बाँकी अगावै सुपर ८ मा स्थान सुरक्षित गरेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल स्कटल्यान्डसँग खेल्ने छ ।
यसपटकको विश्वकप भारतका पाँच शहरका पाँच वटा स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा सञ्चालन भइरहेका छन् ।
टि ट्वान्टी विश्वकपमा २० वटा राष्ट्र सम्मिलित छन् ।