• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

रुकुम पश्चिमबाट जनार्दन शर्मा एकल उम्मेदवारमा सिफारिस


रुकुम पश्चिम -२३, पुस ।

Advertisement

प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमले जनार्दन शर्मालाई एकल उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । प्रलोपा बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शर्मालाई उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

 

प्रलोपाका मुसिकोट संयोजक तथा नेता दलबहादुर खड्काले अहिलेको राजनीतिक अवस्थामा शर्मा नै उपयुक्त पात्र भएकाले पार्टीको बैठकबाट शर्मालाई उम्मेदवारमा सिफारिस गरिएको बताए । पार्टीको यो निर्णयले कार्यकर्तामा उत्साह थपिएको उनको भनाइ छ । साथै आगामी निर्वाचनमा प्रलोपा उम्मेदवारको जित सुनिश्चित गर्नलाई पनि शर्माको नै आवश्यकता देखिएको प्रलोपा रुकुम पश्चिमले बताएको छ ।

 

शर्मा शान्ति प्रक्रियापछि २०६४ र ७० को संविधानसभामा रुकुम पश्चिमबाट माओवादी केन्द्रबाट विजयी भएका थिए । त्यस्तै २०७४ र ७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि शर्मा भारी मतले विजयी भएर संघीय संसदमा रुकुमेली जनताको प्रतिनिधित्व गरेका थिए ।

 

उनी नेपाल सरकारको शान्तिमन्त्री, ऊर्जा, गृह तथा अर्थमन्त्री समेत भइसकेका छन् । माओवादी विघटनपछि प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका नेता शर्माको उम्मेदवारीले रुकुम पश्चिमको चुनावी माहोल तरङ्गित हुने अनुमान गरिएको छ ।

 

यसअघि नेपाली कम्युनिष्ट पार्टीले गोपाल शर्मा अनललाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिसकेको छ । त्यस्तै नेकपा एमालेले नन्दराम देवकोटा, नेपाली कांग्रेसले प्रेम प्रकाश ओली, गोपालजी जंग शाह र लेखमाया केसीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।

 

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादीले) चन्द्र बहादुर बुढालाई एकल उम्मेदवारको रुपमा सिफारिस गरेको छ । केही राजनीतिक दलले भने उम्मेदवारको टुङ्गो लगाइसकेका छैनन् ।

 

तर आगामी निर्वाचनका लागि जिल्लाका क्रियाशील राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरू सिफारिस गरेसँगै रुकुम पश्चिममा विभिन्न राजनीतिक गतिविधि बढ्दै गएका छन् ।

बुधबार, पुष २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.