रुकुम पश्चिम -४, पुस ।
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवौं एनभिए कप पुरुष भलिवल च्याम्पियनसिपमा सहभागी हुने भएको छ । पुस ११ देखि २० गतेसम्म त्रिपुरेश्वर काठमाडौँमा आयोजना हुने च्याम्पियनसिपमा प्रशिक्षण केन्द्रको टिम सहभागी हुने भएको हो ।
प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाका अनुसार च्याम्पियनसिपमा सहभागीताका लागि १२ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरिएको छ । जसमा तीन विदेशी पाकिस्तानी खेलाडी माजर अलि खान, वालिद खान र अहमद खान सामेल हुने भएका छन् ।
च्याम्पियनसिपमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको कप्तानी शैलेन्द्र शाहीले गर्ने बताइएको छ ।
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रबाट सहभागी हुने खेलाडीहरू :
१. शैलेन्द्र शाही (क्याप्टेन)
२. जीवन शाही
३. डाइमन खड्का
४. रोशन खड्का
५. विकाश गिरी
६. पुस्कर सिंह धामी
७. गोपाल खनाल
८. मानसिंह विक
९. पवन थापा मगर
१०. माजर अली खान
११. वालिद खान
१२. अहमद खान
१३. तेज बिक्रम बुढा (प्रशिक्षक)
१४. दुर्गा रेग्मी (सहायक प्रशिक्षक)
१५. यमन बाँठा मगर (टिम व्यवस्थापक)