रुकुम पश्चिम -१२, मङ्सिर ।
Advertisement
नेपाली गीत संगीतका उदयमान मोडल रामु पुनले अभिनय गरेको गीत तिमीलाई हेरी हेरी आज सार्वजनिक भएको छ । नेपाली सुगम संगीतकी चर्चित गायिका अन्जु पन्तको आवाजमा सजिएको गीत तिमीलाई हेरी हेरी सार्वजनिक भएको हो ।
रामु पुन र सारीका केसीले अभिनय गरेको गीत सारिका केसी युट्युब च्यानलबाट रिलिज भएको छ । अँगालोमा बेरी जिन्दगी बिताइदिउँला तिमीलाई हेरी हेरी, साँचो माया गर्छु जिन्दगी भरी जस्ता माया प्रेमका शब्दले यो गीत उत्कृष्ट बनेको छ ।
रोशन सिंहको शब्द संगीत रहेको यस गीतमा विक्रम चौहानको निर्देशन रहेको छ । रुकुम पश्चिमका रामु पुनले यसअघि माया गर्छु म गीतमा अभिनय गरेर बि स्टार फिल्म म्युजिक अवार्ड २०८२ को नव मोडल अवार्ड समेत जितिसकेका छन् ।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।