• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, माघ २६, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

नेपालसँग क्यानडा ६ विकेटले पराजित

रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

निर्वाचन जितेपछि मात्रै खादा र माला लगाउने शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २. नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३. रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४. स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५. मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६. आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ७. आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

भारी वर्षाको पूर्वानुमान : सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह


रुकुम पश्चिम, -१७, भदौ 

Advertisement

 

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा सम्भावित भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले सम्बन्धित सबैजनालाई उच्च सतर्कता अपनाउन आग्रह  गरेको हो ।

वर्षाका कारण नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह नजिक पुग्न सक्ने देखिएको छ । साथै, बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा बहने स–साना नदीहरूमा पनि आकस्मिक बाढीको जोखिम उच्च रहेको चेतावनी दिइएको छ ।

चाडपर्वको समयमा यात्रुहरूको भीड बढ्ने समय भएकाले अझै बढी सावधानी अपनाउन आग्रह गरिएको छ । प्राधिकरणले अत्यावश्यक नभएसम्म घरदेखि टाढा नजान र विशेषगरी रातिको समयमा यात्रा नगर्न सुझाव दिएको छ ।

साथै, जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई वर्षा र सडक अवस्थाका आधारमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय लिन र त्यसको कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

पहिरो जोखिम भएका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन र डुबानको सम्भावना भएका बस्तीका बासिन्दालाई अग्लो तथा सुरक्षित स्थानको जानकारी लिन तथा आवश्यकता परेमा त्यहाँ जान सुझाव दिइएको छ ।

प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जोखिमयुक्त सडक र राजमार्गमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तुरुन्त परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न भनिएको छ ।

त्यस्तै, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरूलाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रहँदै सतर्क रहन आग्रह गरिएको छ ।

 

शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम
आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै
स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण
आइसीसी टि-२० विश्वकप आजदेखि सुरु
नेपालसँग क्यानडा ६ विकेटले पराजित
रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

लोकप्रिय

  • १.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

भर्खरै

  • १.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • २.
    आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

  • ३.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ४.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ५.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ६.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ७.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • ८.
    सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.