रुकुम पश्चिम -२४, भदौ ।
Advertisement
जेनजेडले हिजोदेखि सुरु गरेको आन्दोलन आज झनै व्यापक बनेको छ । हिजो आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएपछि आज देशव्यापी रूपमा आन्दोलन चर्किएको हो ।
यसको प्रभाव रुकुम पश्चिममा पनि देखिएको छ । जिल्लाका विभिन्न स्थानमा आन्दोलन चर्किएको छ भने सदरमुकाम मुसिकोट खलंगामा पनि युवाहरू सडकमा उत्रिएका छन् । सानिभेरी गाउँपालिकामा प्रधानमन्त्री र राष्ट्रपतिका पोस्टर आन्दोलनरत युवाहरूले हटाएका छन् ।
आन्दोलनकारीले सार्वजनिक संरचनामा भने कुनै तोडफोड वा क्षति पुर्याएको छैन भन्ने जानकारी प्राप्त भएको छ । तर, सुरक्षाका दृष्टिले प्रहरीले उच्च सतर्कता अपनाएको छ ।