काठमाण्डौं -११, भदौ ।
रुकुम पश्चिम घर भइ काठमाण्डौं स्थित क्यानभास बसन्त ऋतु स्कुलमा अध्ययनरत मोनिश्री चन्दले अन्तराष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । खेलकुद तथा नृत्यमा अब्बल चन्दलाई यो वर्षको उत्कृष्ट तेक्वान्दो खेलाडी र उत्कृष्ट नृत्याङ्गना विधा २०२५ बाट सम्मानित गरिएको हो ।
केही दिन अघि काठमाडौमा आयोजित साउथ एशियन विजनेस पार्टनरसिप समिट दौरानमा अन्य हस्तीहरूसङ्गै तेक्वान्दो खेलाडी र डान्स स्टार मोनिश्री सम्मानित भएकी छन् । सम्मान समारोहको आयोजना आभा फाउन्डेसन नेपालले गरेको थियो ।
मोनिश्रीले ८ वर्षको उमेरमा भारतमा सञ्चालित सातौं एसिया कप खुला अन्तराष्ट्रिय तेक्वान्दोमा प्रथम हुँदै देशका लागि गोल्ड मेडल जितेको र नृत्य विधामा पनि अब्बल रहेकोले सो अवार्ड प्रदान गरिएको छ ।
उनले खेलकुद र नृत्यका धेरै प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जितेर रुकुम जिल्ला सङ्गै देशको प्रतिष्ठा बढाएकी छन् ।