रुकुम पश्चिम -४, भदौ ।
Advertisement
नेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा आज मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको छ । यो जितसँगै नेपालले सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।
सोमपाल कामीको सानदार बलिङमा नेपालले मेलबर्न रेनेगेड्सलाई सहजै पराजित गर्यो । उनले ५ विकेट लिए ।
जितको लागि १ सय ४० रनको सहज लक्ष्य पछाएको मेलबर्न रेनेगेड्स २० ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।
५ खेलमा नेपालको यो लगातार दोस्रो जित हो । लगातार ३ खेलमा हार बेहोरेपछि नेपालले लगातार दुई जितेको हो ।