रुकुम पश्चिम -२, भदौ ।
Advertisement
रुकुम पश्चिमका रामु पुन अभिनीत गीत तिमीलाई हेरी-हेरी आधुनिक गीत बजारमा आउने भएको छ । अन्जु पन्तको आवाजमा सजिएको गीत तिमीलाई हेरी-हेरी केही दिन पछि नेपाली सांगीतिक बजारमा आउने भएको हो ।
रोशन सिंहको शब्द संगीतमा निर्माण गरिएको तिमीलाई हेरी-हेरी गीत एक साताअघि छायाङ्कन गरिएको छ । सो गीतमा रामु पुन र सारिका केसीको उत्कृष्ट अभिनय रहेको बताइएको छ ।
विक्रम चौहानको निर्देशनमा रहेको यस गीत माया प्रेममा आधारित छ । यो गीत सारिका केसी युट्युब च्यानल मार्फत बजारमा आउने छ ।
नेपाली साङ्गीतिक आकाशमा अगाडि बढ्दै गरेका मोडल रामु पुनले यसअघि तकदीर दुई गीतमा समेत अभिनय गरिसकेका छन् ।
रूकुम पश्चिम सानीभेरी गाउँपालिका घर भएका पुन पछिल्लो समय बिस्तारै गीत संगीतको क्षेत्रमा लोकप्रिय बन्दै गएका छन् ।