रुकुम पश्चिम -२८, साउन ।
Advertisement
म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल भएकाले सरकारले नगद रकम दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ । सरकारले ढाँट सहित उनका प्रशिक्षकलाई पनि २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
रविन्द्रले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै च्याम्पियन बनेका थिए । उनलाई यसअघि नै राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरिसक्नुभएको छ ।