रुकुम पश्चिम -१४, साउन ।
Advertisement
नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयता अलराउण्डर तर्फ ऐरी दोस्रो स्थानमा उक्लिएका हुन् ।
यसअघि तेस्रो स्थानमा रहेका दिपेन्द्र दोस्रो स्थानमा उक्लिएर वरीयतामा सुधार गरेका छन् । टि ट्वान्टी आईको ब्याटिङ वरीयतामा भने दीपेन्द्र र कप्तान रोहित कुमार पौडेलको स्थान खस्केको छ ।
कुशल भुर्तेल र आसिफ शेखको ब्याटिङ वरीयता बढ्दा बलिङ तर्फ ललित नारायण राजवंशीको पनि दुई स्थान सुधार भएको छ ।
उनको वरीयताक्रम ५६औं स्थानमा रहेको छ ।