रुकुम पश्चिम -१२, साउन ।
रुकुम पश्चिमको मुसिकोटमा हेरिटेज रन २०८२ आयोजना हुने भएको छ । मुसीकोटका प्रमुख पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको परिचय र प्रवर्द्धनका लागि राप्ती साहित्य परिषद्ले हेरिटेज रन आयोजना गर्न लागेको हो ।
परिषद्का अध्यक्ष मनलाल ओलीले भदौ १२ गते (बारभदौ मेलाको दिनमा) लामो दौड प्रतियोगिता आयोजना गरिने बताए । पदमार्ग प्रतियोगिता डिग्रे शाई कुमारी मन्दिर बाट सुरु हुने छ ।
उक्त स्थानबाट सुरु हुने दौडका लागि १४ वटा रनिङ रुट पूरा गर्नुपर्ने बताइएकाे छ । प्रतियोगितामा आयोजक संस्था, प्रायोजकहरू र १८ वर्षमाथिका जिल्लाबाहिर वा भित्रका सबै व्यक्तिहरूले भाग लिन पाउनेछन् ।
प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्वितीय पुरस्कार २० हजार र तृतीय पुरस्कार १५ हजार राखिएको छ । दर्ता शुल्क ५ सय रहेको आयोजकको भनाइ छ ।
दौड प्रतियोगिताका लागि विभिन्न व्यक्तिहरु प्रायोजकको रुपमा रहेको रुकुमेली वाङ्मयम अधिष्ठानका सचिव पूर्ण ओलीले जानकारी दिए ।