रुकुम पश्चिम -६, साउन ।
Advertisement
नेपाल क्रिकेट संघ क्यान र कुवेत क्रिकेट बोर्डबिच दुईपक्षीय सम्झौता भएको छ । एसोसिएट क्रिकेटको अग्रगामी कदमका लागि महिला तथा पुरुष क्रिकेटको द्विपक्षीय श्रृङ्खला आयोजना गर्न सहमत गरिएको हो ।
क्यानका अनुसार प्रत्येक वर्ष पुरुष र महिला दुवै टोलीका लागि तीनवटा टि ट्वान्टी आई तथा ५० ओभरका खेल खेलाइनेछ ।
यस साझेदारीलाई रणनीतिक सहकार्य, अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र एसोसिएट राष्ट्रहरूबिच प्रतिस्पर्धी क्रिकेटलाई बढावा दिन एक महत्त्वपूर्ण कदम रूपमा लिएको छ ।
नेपाल र कुवेतले यो वर्षको अन्त्यमा आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटमा भाग लिन तयारी गरिरहेका छन् । छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् ।