रुकुम पश्चिम -५, साउन ।
Advertisement
बङ्गलादेशको ढाकामा जारी महिला साफ यु ट्वान्टी च्याम्पियन्समा आज घरेलु टोली बङ्गलादेश र नेपाल भिड्दै छन् । आज बेलुकी ७ बजे ढाकास्थित वसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने अन्तिम खेलबाट उपाधिको टुंगो लाग्नेछ ।
अङ्कतालिकाको शीर्ष स्थानमा रहेको बङ्गलादेश र दोस्रो स्थानमा रहेको नेपालको यस खेललाई उपाधि भिडन्तका रुपमा लिइएको छ । नेपालका लागि उक्त खेल उपाधि जित्ने अवसर बन्ने छ ।
बङ्गलादेशसँगको पहिलो भेटमा नेपाल ३-२ गोल अन्तरले पराजित भएको थियो । यदि आजको खेल जित्न सकेमा नेपाललाई बङ्गलादेशसँगको बदला लिने अवसर प्राप्त हुनेछ ।
महिला साफ च्याम्पियन्समा चारवटा देशको सहभागिता रहेको छ ।