रुकुम पश्चिम -३०, असार ।
Advertisement
जाजरकोटको नलगाड नगरपालिकामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । आज बिहान वडानम्बर -४, घ्वाँरामा विद्युत् तार मर्मत गर्ने क्रममा करेन्ट लागेर २२ वर्षीय शिशिर चन्दको मृत्यु भएको हो ।
आठविसकोट नगरपालिका वडानम्बर -११, चौर घर भएका चन्दको विद्युत् पोलमा चढेको बेला करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ ।
उनको शव उद्वार गरि पोष्टमार्टमका लागि नगर अस्पताल दल्लीमा लगिएको प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । शिशिर चन्द ज्यालादारीमा कार्यरत मजदुर रहेको बताइएको छ ।
मृतक चन्दको नलगाड नगरपालिका -७, चामाखेतमा पनि बसोबास रहँदै आएको छ ।