रुकुम पश्चिम -२२, असार ।
Advertisement
प्रेस सेन्टर नेपाल चौरजहारीको अध्यक्षमा राजेन्द्र विक चयन भएका छन् । चौरजहारीमा आज सम्पन्न दोस्रो पालिका अधिवेशनबाट विक अध्यक्षमा चयन भएका हुन् ।
दोस्रो अधिवेशनबाट उपाध्यक्षमा अनिता विक, सचिवमा शक्ति बारघरी, सहसचिवमा सुवेच्छा पाेखरेल र काेषाध्यक्षमा लक्ष्मी घर्ती सर्वसम्मत चयन भएको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले बताएको छ ।
पदाधिकारी सहित ८ सदस्यीय कमिटीमा भूमिका पुन मगर, मनिषा डाँगी र राेशन ढकाल सदस्यमा चयन भएका छन् ।
संगठनका प्रदेश तथा जिल्ला स्तरका नेताको उपस्थितिमा दोस्रो पालिका अधिवेशन सम्पन्न गरिएको प्रेस सेन्टर नेपाल, रुकुम पश्चिमका अध्यक्ष मनिष खड्काले बताए ।