• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

एसइई नतिजा : रुकुम पश्चिमका उत्कृष्ट तीन विद्यार्थी (प्राप्त जिपिए सहित)


अमरराज पुन 

Advertisement

रुकुम पश्चिम -१९, असार ।

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको झण्डै एक साता हुन लाग्यो । यस वर्ष एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भए ।

 

गत बर्षको तुलना भन्दा यसवर्षको नतिजामा उल्लेख्य सुधार देखियो । गत बर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । यस पटक गत वर्षभन्दा १४ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भए ।

 

समग्रमा देशैभरको नतिजामा सुधार हुँदै गर्दा रुकुम पश्चिमको एसइई नतिजामा पनि सुधार भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका इकाइ प्रमुख तारा प्रकाश पुन मगरले यो वर्ष ७४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए । यो प्रतिशत गत वर्षभन्दा करिब ११ प्रतिशत बढी हो ।

 

रुकम पश्चिमबाट साधारण र प्राविधिक तर्फ गरी तीन हजार चारसय ४५ विद्यार्थीले एसइ परीक्षा दिएका थिए । जसमध्ये ८ सय ६३ विद्यार्थी मात्रै नन ग्रेडेड भएका छन् । यसवर्ष जिल्लाभरबाट एकसय ६ जना विद्यार्थीले ए प्लस अर्थात् (३.६१ देखि ४.०) जिपिए प्राप्त गरेका छन् ।

 

यी हुन् रुकुम पश्चिमका उत्कृष्ट तीन विद्यार्थी, (यस्तो छ जिपिए)

रुकुम पश्चिमको समग्र एसइई नतिजा माथि नै उल्लेख गरिसकिएको छ । तर उत्कृष्ट जिपिए कुन विद्यालयमा अध्ययनरत विद्यार्थीले प्राप्त गरे त्यो चासोको विषय बन्दै गएको छ । यसै सन्दर्भमा सुधार न्युजले एसइईमा जिल्लाका उत्कृष्ट तीन जना विद्यार्थीको प्राप्त जिपिएलाई टप १ बाट सुरु गरेको छ ।

प्रेम ओली ३.९५

१) प्रेम ओली
ठेगाना – चौरजहारी नगरपालिका -१२, रुकुम पश्चिम ।
विद्यालय – श्री शितल माध्यमिक विद्यालय चौरजहारी रुकुम पश्चिम ।
प्राप्त जिपिए – ३.९५

सानै उमेरदेखि पढाइमा अब्बल प्रेम ओलीले यस वर्षको एसइई परीक्षामा ३.९५ जिपिए प्राप्त गर्दै रुकुम पश्चिमबाट टप बनेका छन् । अतिरिक्त क्रियाकलाप र वक्तृत्व कलामा समेत प्रतिभावान ओली शितल माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् । उनले विद्यालय स्तरका थुप्रै पुरस्कार जितेको सोही विद्यालयका शिक्षक तथा अभिभावक दिलबहादुर ओली बताउँछन् । यस वर्ष शितल माध्यमिक विद्यालयबाट ११ जनाले ३.६१ देखि ४.० जिपिए प्राप्त गरेको विद्यालयको भनाइ छ ।

 

निकेन रावल ३.९४

२) निकेन रावल
ठेगाना – त्रिवेणी गाउँपालिका -९, रुकुम पश्चिम ।
विद्यालय – श्री राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्ली रुकुम पश्चिम ।
प्राप्त जिपिए – ३.९४

विद्यालय उमेरदेखि नै पढाइमा अब्बल निकेन रावलले यस वर्षको एसइई परीक्षामा ३.९४ जिपिए प्राप्त गरेका छन् । कक्षा आठमा सानीभेरी गाउँपालिका टप गरेका निकेन सधैँ प्रथम स्थान हासिल गर्ने विद्यार्थी हुन् । अतिरिक्त क्रियाकलाप र वक्तृत्व कलामा पनि उनको क्षमता दखल रहेको शिक्षक तथा अभिभावक नविन रावल बताउँछन् । यस वर्ष यो विद्यालयबाट ६ जना विद्यार्थीले ३.६१ देखि ४.० जिपिए प्राप्त गरे ।

 

प्रदिप ओली ३.९२

३) प्रदिप ओली
ठेगाना – मुसिकोट नगरपालिका -७, रुकुम पश्चिम ।
विद्यालय – श्री बालकल्याण माध्यमिक विद्यालय झुल्खेत रुकुम पश्चिम ।
प्राप्त जिपिए – ३.९२

प्रदिप ओली विद्यालय तहको पढाइदेखि नै तीक्ष्ण दिमाग गरेका विद्यार्थी हुन् । उनले यस वर्षको एसइई परीक्षामा ३.९२ जिपिए प्राप्त गरेका छन् । विद्यालय परीक्षामा सधैँ प्रथम हुने प्रदिप अतिरिक्त क्रियाकलाप र वक्तृत्व कलामा समेत लगनशील रहेको विद्यालय शिक्षक खडानन्द शर्माले बताए । यस विद्यालयबाट ४ जना विद्यार्थीले ३.६१ देखि ४.० जिपिए प्राप्त गरेका छ्न् ।

 

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमबाट ग्रेडेड हुने सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना छ । सुधार न्युज ।

बिहिबार, असार १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

भर्खरै

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ३.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ४.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ५.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ६.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.