रुकुम पश्चिम -१४, असार ।
रुकुम पश्चिमको अन्तरपार्टी महिला सञ्जालको अध्यक्षमा अञ्जना केसीलाई जिम्मेवारी दिइएको छ । मुसिकोटमा आज सम्पन्न सञ्जालको भेलाले केसीलाई अध्यक्षको जिम्मेवारी हस्तन्तरण गरेको हो ।
सञ्जालको उपाध्यक्षमा मनिषा परियार, सचिवमा याम कुमारी नेपालीलाई जिम्मेवारी दिइएको अन्तरपार्टी महिला सञ्जालले बताएको छ । कोषाध्यक्ष्यमा भने नेकपा एकीकृत समाजवादीलाई भाग परेको छ ।
त्यस्तै सदस्यमा विमला खनाल, दिवसा खड्का ओली, लक्ष्मी भण्डारी ओली, प्रेमा शाही, डम्बरा खड्का, हिम हमारी केसी, अञ्जना चन्द (गौतम) रहेका छन् । बम कुमारी ओली केसी, निता थापा, धनमाया केसी रावल, सुजिता विसी (गिरी) र खिमा केसीलाई पनि सदस्यको जिम्मेवारी दिईएको छ ।
सञ्जालको विधानमा कार्यसमितिको कार्यकाल एक वर्षको मात्रै हुने व्यवस्था छ । सोही अनुरूप यसअघिको कार्य समितिको एकवर्षीय कार्यकाल सकिएसँगै नयाँ समिति निर्माण गरिएको बताइएको छ ।
जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलमा आबद्ध महिला नेतृत्वहरुको छाता संगठनबाट प्रतिनिधित्व हुने गरी अन्तरपार्टी महिला सञ्जाल गठन हुने गरेको छ ।
राजनीतिमा महिलाको समान सहभागिता, सामाजिक न्याय सहितको अधिकार, समानता, घरेलु हिंसा र अन्याय विरुद्ध अन्तरपार्टी महिला सञ्जालले आवाज उठाउने गर्दछ ।