रुकुम पश्चिम -८, जेठ ।
Advertisement
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३, को बेल्टापु रङ्गशालामा प्रथम सानीभेरी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमितिको आयोजनामा जेठ १२ देखि २३ गतेसम्म सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो ।
सानीभेरी समृद्धिको आधार, कला संस्कृति कृषि, पर्यटन, उद्योग व्यापार, हाम्रो मूल आधार भन्ने नारा सहित महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ ।
महोत्सवमा पल शाह, राजु परियार, बद्री पंगेनी, विष्णु खत्री, ज्योती मगर, प्रकाश सपुत लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ ।
यो महोत्सवमा सानेभेरी गाउँपालिका संरक्षक रहेको छ ।