रुकुम पश्चिम -६, जेठ ।
Advertisement
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी जनजागरण अभियान कार्यक्रम आज चौरजहारीमा सुरु भएको छ । “सुशासन, समृद्धि र सामाजिक न्याय हाम्रो मुलमन्त्र” भन्ने नारा सहित मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु भएको हो ।
जनजागरण अभियान अन्तर्गतको विशाल जनसभालाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनता सङ्गको सम्बन्धलाई सुदृढीकरण गर्ने अभियान सहित माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सञ्चालन गरेको छ ।
सो अभियान जेठ २ गतेबाट सुदूपश्चिमको बैतडी देखि सुरु गरिएको हो ।