• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, चैत २२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ६. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ७. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ८. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ९. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • १०. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

तिलाचन ताल : हिमशृङ्खलाको काखमा लुकेको सुन्दरता


भरत चन्द 

Advertisement

रुकुम पश्चिम -२२, बैशाख ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका र रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकाको सिमानामा अग्लो पहाडको शिखरमा एउटा स्वर्गजस्तै सुन्दर ताल लुकेको छ – तिलाचन ताल । समुद्री सतहदेखि करिब ३ हजार ३ सय मिटर उचाइमा अवस्थित यो तालले प्रकृतिको अनुपम सौन्दर्यलाई आत्मसात गरेको छ । चिसो मौसम, सिरसिर बतास, हरियाली र हिमशृङ्खलाको मनमोहक दृश्यले यहाँ आउने पर्यटकलाई मोहित पार्छ ।

 

केही वर्षअघि सम्म ओझेलमा रहेको ताल बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा पहिचान बनाउँदै छ । बाहिरी दुनियाँको नजरबाट टाढा रहेको यो तालले पाथीहाल्नेसम्म बिस्तार भएको मध्यपहाडी लोकमार्गपछि पर्यटन प्रबर्द्धनको हिसाबले नयाँ सम्भावनाको ढोका खोलेको छ । अहिले सवारीसाधन पाथिहाल्ने पुग्ने भएकाले त्यहाँबाट करिब आधा घण्टा पैदलयात्रा गरेपछि सहजै तालसम्म पुग्न सकिन्छ ।

 

तालको छेउमा हालै पक्की संरचनामा मन्दिर निर्माण गरिएको छ । स्थानीयको विश्वास अनुसार यहाँ पहिलेदेखि ढुंगामा पूजा गर्ने परम्परा थियो । त्यसैको निरन्तरता स्वरूप मन्दिर बनाइएको हो । यहाँ पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । विशेषगरी चाडपर्व र धार्मिक अवसरमा स्थानीयको घुइँचो लाग्ने गरेको छ ।

 

हिउँदमा यहाँ पर्यटकको उपस्थिति कम देखिन्छ । तर बर्खाको मौसममा ताल आकाशे पानीले भरिन्छ र चारैतिर हरियालीले ढाकिन्छ । यही सुन्दरता हेर्न धेरै पर्यटक बर्खामै यहाँ पुग्ने गरेका छन् । सार्वजनिक बिदाका दिनहरूमा पर्यटकको भीड झन् बढ्ने गर्छ । त्यस्तै फागुन, चैत र बैशाख महिनामा ताल अवलोकन गर्न जाँदा बाटो छेउछाउमा फुल्ने लालिगुराँस र अन्य वनफूलहरूको सुगन्धले तालसम्म पुगेको थाहै हुँदैन ।

 

भोक र प्यास मेटाउन ताल पुग्ने पर्यटकले पाथिहाल्नेमा रहेका रेस्टुरेन्टहरूबाट सेवा लिने गर्छन् । सुविधाका हिसाबले अझ धेरै गर्नुपर्ने देखिए पनि पछिल्लो समय विभिन्न सरकारी तथा स्थानीय प्रयासले केही विकासका कामहरू अघि बढेका छन् ।

 

नेपाल सरकारले ताल संरक्षण र पर्यटन प्रवर्द्धनका लागि आर्थिक बर्ष ७८/७९ मा लुम्बिनी प्रदेश सरकारमार्फत १० लाख रुपैयाँ विनियोजन गरी ताल वरपर सरसफाइ र मन्दिर निर्माण गराएको छ । त्यसपछि ८०/८१ मा पर्यटन ग्रामिण तथा सहकारी मन्त्रालय, पर्यटन डिभिजन कार्यालय बाँकेबाट २० लाख रुपैयाँको लगानीमा तालको घेराबार र ताल नजिकै एउटा कटेज (सानो घर) निर्माण गरिएको छ ।

 

घेरबार पछि तालमा हुने जथाभावी फोहोर गर्ने प्रचलन रोकिएको छ । तालभन्दा अलि पर निर्माण भएको कटेजले पर्यटकलाई असिना, वर्षा वा हिमपातजस्ता अप्रत्याशित मौसममा सुरक्षित बस्नको लागि सहज बनाएको छ ।

 

तिलाचन तालबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमशृङ्खला नजिकैबाट देख्न सकिन्छ । त्यस्तै बागलुङ, रोल्पा, पूर्वी रुकुम, प्युठान र गुल्मी जिल्लाका केही भूभागहरू पनि सजिलै देख्न सकिन्छ । तर, यहाँ प्रायः बादलले ढाक्ने भएकाले असोजदेखि जेठ महिनाको बीचको समय यो स्थान घुम्न उपयुक्त मानिन्छ।

 

तिलाचन ताल एकान्तताको खोजी गर्नेहरू, प्राकृतिक प्रेमी र हिमाल अवलोकन गर्न चाहनेहरूका लागि उत्तम गन्तव्य बनेको छ । यद्यपि, यहाँ पुग्ने पदमार्ग अझै अव्यवस्थित भएकाले आगामी दिनमा त्यसको सुधार आवश्यक देखिन्छ । सडक विस्तारपछि यहाँ पर्यटन प्रवर्द्धनको थप सम्भावना देखिएको छ ।

 

स्थानीय बासिन्दा पर्यटन विकाससँगै आफ्नो संस्कृति र वातावरण जोगाउन उत्साहित देखिन्छन् । उनीहरू भन्छन्, “हामीले आफ्नो परम्परा, संस्कार र प्राकृतिक सम्पदालाई जोगाउँदै पर्यटनलाई अघि बढाउनुपर्छ । विकाससँगै हाम्रो पहिचान नहराओस् भन्ने चाहना छ ।”

 

यसरी पर्यटन प्रवर्द्धन र संरक्षणको सन्तुलन कायम गर्दै अघि बढेमा तिलाचन ताल बिस्तारै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बन्ने सम्भावना छ ।

 

यदि तपाईं शान्ति, प्राकृतिक सौन्दर्य, हिमालको अवलोकन र सांस्कृतिक अनुभूतिमा हराउन चाहनुहुन्छ भने तिलाचन तालको यात्रा अवश्य गर्नुहोस् । यो यात्रा केवल गन्तव्यसम्म सीमित छैन, यो आत्मा र प्रकृतिको साक्षात्कार पनि हो ।

सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी
पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा
तुलसीराम खड्काका तीन मुक्तक
रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ६.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

भर्खरै

  • १.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • २.
    पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

  • ३.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ४.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ५.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ६.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ७.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ८.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.