रुकुम पश्चिम -२१, वैशाख ।
Advertisement
यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । शिक्षक आन्दोलनका कारण १० दिन रोकिएको परीक्षा आजबाट सुरु हुँदै छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने छन् ।
परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् ।
५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
जेठ २ गते सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिने बताइएको छ ।
नेपाल शिक्षक महासंघको शैक्षिक हडताल सहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।