• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सानीभेरीले जित्यो पालिका कप


रुकुम पश्चिम -२०, वैशाख ।

Advertisement

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -६, को ट्याखाेलामा आयोजित प्रथम पालिका कप क्रिकेट प्रतियोगिताको उपाधि सानीभेरी गाउँपालिकाले जितेको छ । शनिबार भएको फाइनलमा मुसिकोट नगरपालिकालाई ८ विकेटले पराजित गर्दै सानीभेरीले उपाधि जितेको हो ।

 

टस जितेर पहिला ब्याटिङ गरेको मुसिकोटले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको थियो । मुसिकोटका लागि विक्रम ओलीले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

मुसिकोटलाई सस्तैमा समेट्न सानीभेरीका बिराज ओलीले २ र भुवन भण्डारी तथा किरण रानाले १-१ विकेट लिए ।

 

५९ रनको लक्ष पछ्याएको सानीभेरीले ९ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्याे । उसका लागि सूर्य विकले सर्वाधिक २५ र डिल्ली भण्डारीले ११ रनको योगदान गरे । मुसिकोटका अर्जुन बिस्ट र रामकृष्ण परियारले १-१ विकेट लिए ।

 

सानीभेरी अपराजित रहँदै च्याम्पियन बनेको हो । सानीभेरी मुसिकोट, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकालाई पराजित गर्दै समूह विजेताका रूपमा फाइनल प्रवेश गरेको थियो । मुसिकोटले भने समूह चरणमा चौरजहारी र त्रिवेणीलाई पराजित गर्दै समूह उपविजेताका रूपमा फाइनल पुगेको थियो ।

 

विजेता सानीभेरीले नगद ३० हजार ट्रफि र प्रमाणपत्र पाउँदा उप विजेता मुसिकोटले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका सदस्य कुलप्रसाद ओलीले जानकारी दिए ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सानीभेरीका भुवन भण्डारी घोषित भए । उनले साइकल उपहार पाए । त्यस्तै मुसिकोटका विक्रम ओली उत्कृष्ट ब्याट्सम्यान, सानीभेरीका किरण राना उत्कृष्ट बलर र मुसिकोटका शुभम् बुढा उत्कृष्ट फिल्डर बने । सर्वोत्कृष्ट सहित व्यक्तिगत इभेन्टमा उत्कृष्ट सबैले मेडल, प्रमाणपत्र र उपहार प्राप्त गरेको ओलीले बताउनुभयो ।

 

यो खेलबाट जिल्लाको टिम छनोट गरिने ओलीले बताए । टिम केही दिनमा घोषणा गरिने छ । उक्त टिमले राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोटमा भाग लिने छ ।

 

जिल्लामा पहिलो पटक १६ वर्ष मुनिको प्रतियोगिता आयोजना भएको हो । जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघ र देव्यानी स्पाेर्टस मुसिकोट -५ बागबजार मिलेर प्रतियोगिता आयोजना गरेका हुन् ।

 

जिल्ला क्रिकेट संघका कोषाध्यक्ष नरबहादुर ओलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको प्रमुख र प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको विशेष आतिथ्यता रहेको थियो ।

 

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका लेखा अधिकृत याम बहादुर केसी, बाँफिकाेट गाउँपालिका जिन्सी शाखा प्रमुख लेखराज धिताल, कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य कुलप्रसाद ओली र बालकुमार नकाल लगायतको पनि आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको सञ्चालन संघका सचिव मनिष खड्काले गरेका थिए ।

शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.