• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

आजको मौसम : हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. तुलसीराम खड्काका तीन मुक्तक

  • ३. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

भर्ना अभियान : रुकुमका सामुदायिक विद्यालय सुनसान, निजीमा चहलपहल 


रुकुम पश्चिम -५, वैशाख । 

Advertisement

विद्यार्थीको भविष्य निर्धारण गर्ने शैक्षिक थलो नै विद्यालय हो । हरेक वर्षको शैक्षिक सत्र समापन सङ्गै अर्को नयाँ शैक्षिक सत्रको सुरुवातले विद्यार्थीमा थप उत्साह र जाँगर थपिदिन्छ । किनकि पुरानो कक्षा पार गरेर माथिल्लो तहको नयाँ कक्षामा पढ्न पाउनु विद्यार्थीको अर्को सपना हो ।

 

तर यतिबेला देशैभरका शिक्षकहरूको आन्दोलन काठमाडौँमा जारी छ । आन्दोलनको आज सत्रौँ दिन पूरा भइसकेको छ । शिक्षकहरूले सरकारसँग शिक्षकका मुद्दालाई स्थापित हुने गरी नयाँ शिक्षा ऐनको माग गरिरहेका छन् । सो मागसँगै उनीहरूले लगातारको सडक आन्दोलनलाई अझै सशक्त बनाउँदै छन् । तर अहिलेसम्म शिक्षक र सरकारबीचको वार्ता र सम्झौता सफल हुन सकेको छैन । आन्दोलन चर्किरहेको छ । सरकारले त्यसतर्फ चासो देखाएको छैन ।

 

यसरी काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनले अहिले देशैभरका सामुदायिक विद्यालयको भर्ना अभियान भने ठप्प बनेको छ । भर्नाको मुखैमा विद्यालय बन्द हुनुले विद्यार्थीमा मनोवैज्ञानिक असर त परेको छ नै उनीहरूको भविष्यमा पनि खेलबाड भएको अभिभावक बताउँछन् ।

 

प्रत्येक वर्ष नयाँ शैक्षिक सत्रको वैशाख १५ गते भित्रै सबै सामुदायिक विद्यालयले अनिवार्य भर्ना गरिसकेको हुनुपर्छ । तर भर्ना अभियानको पहिलो साताको पाँचौँ दिनसम्म आइपुग्दा यता रुकुम पश्चिमका सामुदायिक विद्यालयका गेटमा ताला लागेको पाइन्छ । विद्यालय क्षेत्र सुनसान बन्दै गएका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको चहलपहल देखिँदैन ।

 

जिल्ला स्थित केही प्रतिष्ठित सामुदायिक विद्यालयले त शिक्षक आन्दोलनलाई समर्थन गर्दै आफ्नो आधिकारिक सूचना सार्वजनिक गरिसकेका छन् । अर्कोतिर स्थानीय तहले नै शिक्षक आन्दोलनलाई सघाउने गरी सरकारलाई नै पत्र लेखेका छन् । यसकारण पनि जिल्लाका अन्य सामुदायिक विद्यालयले हाल भर्ना अभियान रोकेका छन् ।

 

यता सामुदायिक विद्यालयको भर्ना अभियान रोकिँदा निजी विद्यालयमा भने विद्यार्थी भर्ना अभियानको चहलपहल बढ्दै गएको छ । जिल्लाका विभिन्न ठाउँमा सञ्चालित निजी विद्यालयले वैशाख २ गते देखि नै धमामधम भर्ना लिईरहेका छन् । विद्यार्थी र उनीहरूका अभिभावकले पनि समयमै आफ्ना बालबच्चाको भर्ना गरिरहेका छन् ।

 

यसरी सामुदायिक र निजी विद्यालयको भर्ना अभियानको फरकपनाले हाल सामुदायिक र निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको मनोविज्ञानमा फरक-फरक बुझाइ पर्न गएको छ । अर्थात् निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा नयाँ उत्साह र जाँगर देखिँदा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा निरासा छाउने शैक्षिक क्षेत्रका विज्ञहरु बताउँछन् ।

शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै
रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    तुलसीराम खड्काका तीन मुक्तक

  • ३.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ४.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ५.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ६.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

भर्खरै

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ३.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ४.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ५.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ६.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ७.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.