रुकुम पश्चिम -२६, चैत ।
Advertisement
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जाजरकोटको अध्यक्षमा दीप बहादुर थापा चयन भएका छन् । छैटौं जिल्ला अधिबेशनको बन्द सत्रले आज थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा मनबहादुर बुढा क्षेत्री, सचिवमा प्रदिप खड्का, उपसचिवमा गोविन्द बुढा र चाँगुनारायण बिष्ट निर्वाचित भएका छन् ।
छैठौं जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा ४३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको बताइएको छ ।
नेकपा एस जाजरकोटको छैठौं जिल्ला अधिवेशन सोमबार खलङ्गामा उद्घाटन गरिएको थियो ।