रुकुम पश्चिम -२३, चैत ।
Advertisement
आज चैते दसैँ पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ ।
चैते दसैँ अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो ।
चैते दसैँ पर्वले यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
चैते दसैँको अवसरमा आज देशका विभिन्न पीठमा पूजापाठ गरिनुका साथै मेला समेत लाग्ने गर्दछ ।