रुकुम पश्चिम -२२, चैत ।
Advertisement
अखिल नेपाल महिला संघ (समाजवादी) सल्यानको आठौं जिल्ला सम्मेलन बिहीबार खलङ्गामा सम्पन्न भएको छ । सम्मेलनबाट हिरा चन्दको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा सीता बिष्ट बस्नेत , उपाध्यक्ष चन्द्रिका एरी, सचिवमा पूजा भण्डारी सह-सचिव तोला केसी र सहसचिवमै ओम कुमारी बिक सर्वसम्मत निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वले महिला सशक्तीकरण, सामाजिक न्याय र समानताको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।