रमेश मल्ल
Advertisement
रुकुम पश्चिम -२१, चैत ।
नेकपा (एकीकृत समाजवादी) सल्यानको अध्यक्षमा रमेश कुमार गौतम चयन भएका छन् । आज सम्पन्न पार्टीको नवौं जिल्ला अधिवेशनबाट गौतम अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा टेकबहादुर ओली र कल्पना सेजवाल, सचिवमा प्रेमबहादुर डिसी, उपसचिवमा मनवीर बस्नेत, जितप्रसाद आचार्य र गोविन्द डाँगीलाई चयन गरेको छ ।
निर्वाचित ६७ सदस्यीय नयाँ नेतृत्वलाई आजै सपथ ग्रहण गराइएको छ ।