रुकुम पश्चिम -१८, चैत ।
रुकुम पश्चिममा नेकपा एमालेले आयोजना गरेको जागरण सभा आज सम्पन्न भएको छ । एमालेको राष्ट्रिय कार्यक्रम अनुसार देशव्यापी रुपमा आयोजना गरिएको जिल्ला स्तरीय जागरण सभा रुकुम पश्चिममा सम्पन्न भएको हो ।
एमाले पार्टी कार्यालय बागबजार बाट सुरु भएको जुलुस खलङ्गा बजार परिक्रमा गरी बाल मन्दिरमा पुगेर सभामा परिणत भएको पार्टी प्रचार विभाग प्रमुख जीवन खड्काले बताए । सो जागरण सभामा बोल्ने पार्टी नेताले प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्र पक्षधर सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए । उनीहरूले आर्यघाटमा पुगेको राजतन्त्र पुनर्स्थापनाको परिकल्पना अहिलेको अवस्थामा गर्न नसकिने बताए ।
पार्टी अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षता र सचिव शसिराम नेपालीको संचालनमा जागरण सभा सम्पन्न गरिएको छ । कार्यक्रममा उपसचिव ब्युझना पुन देवकोटा, प्रदेश कमिटी सदस्य टंक ओली र पोलिटब्युरो सदस्य खेममान खड्काले मन्तब्य राखेका थिए ।