रुकुम पश्चिम -१३, चैत
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले छैटौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरी पार्टीले अधिवेशनको तयारीबारे जानकारी गराउँदै लोगो सार्वजनिक गरेको हो ।
अधिवेशन यही चैत्र २५ र २६ गते जाजरकोटको सदरमुकाम खलंगामा हुनेछ । अधिवेशनको लोगोमा “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नारा समेटिएको छ ।
जिल्ला सहइन्चार्ज कमानबहादुर खड्का का अनुसार अधिवेशनमा पार्टीका महासचिव घनश्याम भुसाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । अधिवेशनमा जिल्लाभरका प्रतिनिधिहरूको उपस्थिति रहनेछ भने पार्टी संगठनको सुदृढीकरण, भावी रणनीति र जिल्लाको समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।
पार्टीले अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन व्यापक तयारी गरेको छ । अधिवेशनको पूर्वसन्ध्यामा जिल्लाभर पार्टी संगठनलाई मजबुत बनाउने प्रयास भइरहेको पार्टी स्रोतले जनाएको छ ।