• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ४. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

बालविवाहका सवालमा सरोकारवालासँग छलफल


रुकुम पश्चिम -१३, चैत ।

Advertisement

रुकुम पश्चिमको मुसिकोटमा आज यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाहका सवालमा सरोकारवालासँग छलफल गरिएको छ । समता फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायहरूको उपस्थितिमा बालविवाहका सवालमा छलफल गरिएको हो ।

 

समता फाउन्डेसनको कर्णाली चेतना अन्तर्गत दुई वर्षे परियोजनाका सन्दर्भमा रुकुम पश्चिमको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाह लगायत विभिन्न विषयमा रहेर छलफल गरिएको छ । कार्यक्रममा सरोकारवाला निकायले जिल्लामा बालविवाहको अवस्था एवं यस सम्बन्धी गरिएका क्रियाकलाप र सवालहरूलाई छलफलका रूपमा प्रस्तुत गरेका थिए ।

 

सोही अनुरूप कार्यक्रममा उठेका विषयवस्तु समता फाउन्डेसनले महत्त्वपूर्ण सुझावका रूपमा ग्रहण गर्ने बताएको छ । त्यसका लागि सबै निकाय सँग समन्वय र सहकार्य तथा हातेमालो गर्दै यस परियोजनालाई सफल बनाइने समता फाउन्डेसनका अध्यक्ष डाक्टर मदन प्रकाश परियारले बताए ।

 

परियोजनाले कर्णालीका १० वटै जिल्लामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाहको अवस्थालाई न्यूनीकरण गर्ने अभियान राखेको छ । जसबाट स्थानीय तहमा बालविवाह उन्मुलन तथा सुरक्षित महिनावारी शिक्षा र स्वास्थ्य सेवाहरूमा पहुँच बढाउन परियोजनाले नीति निर्माण र कार्यान्वयनमा नीति पैरवी गर्ने बताइएको छ ।

 

त्यस्तै स्थानीय तहमा बालविवाहको दर तीव्र रुपमा घटाउने, स्थानीय तहमा महिनावारी सेवा केन्द्रको विकास गर्ने र स्थानीय सरकारहरूको जवाफदेहिता सुदृढका लागि दलित किशोरीहरूले सम्मानजनक जीवनयापन गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ ।

 

बालविवाह हुने जिल्लामा रुकुम पश्चिम कर्णालीका १० जिल्लामध्ये दोस्रो स्थानमा रहेको छ ।

बुधबार, चैत १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.