रुकुम पश्चिम -२६, फागुन ।
गायक प्रेम विवश घर्ती र गायिका शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको लोकदोहोरी गीत यो दिलमा बसले चर्चा बटुलेको छ ।
केही दिनअघि मात्र घन थापा म्यूजिक बाट दर्शक श्रोतामाझ सार्वजनिक भएको यो गीतले सबैको मन जित्दै छ । स्याङ्जाका साहित्यकार, गीतकार तथा समाजसेवी समेत रहेका घन थापा र उहाँकी धर्मपत्नी कृष्णा थापाको प्रस्तुती यो दिलमा बस गीतलाई यूट्यूबमा करिब तीन लाख बढी दर्शकले हेरेका छन् ।
घन थापाको ओझिलो शब्द गायक घर्तीको संगीत रहेको गीतमा चर्चित हास्यव्यंग कलाकार तथा मोडल खबपु मगर, अस्मिता राना मगर, बाल कलाकार सक्षम घर्ती मगर र समैरा थापा मगरको आकर्षक अभिनय रहेको छ ।
विक्रम चौहानको निर्देशन रहेको म्यूजिक भिडियोमा विशेष गरी बालकलाकारको अभिनय निकै आकर्षक भएकोले यो गीत सबैको रोजाइमा परेको गीतकार थापाले बताए ।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।