रुकुम पश्चिम – ११, फागुन ।
पश्चिमी वायुको प्रभावका कारण आज देशका पहाडी भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनका अनुसार आज केही प्रदेशका पहाडी भागमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
तराईका केही स्थानमा हुस्सु-कुहिरो लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तो अवस्थामा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।