• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हामी यसरी आयौँ (सम्पादकीय)


रुकुम पश्चिम -२, फागुन ।

Advertisement

हामी अहिले सूचना, समाचार र प्रविधिको शक्तिशाली  विश्व बजारमा छौं । यही विश्वबजारको युग आज सूचना र प्रविधिमा निर्भर बन्दै गएको छ । उसोत आजको प्रविधियुक्त समाजलाई परिवर्तनको बाटोमा सूचना, मनोरञ्जन, समाचार र सञ्चारले नै जीवन जिउने शैलीमा अगाडि डोर्‍याउन थालेको छ । हिजोको परम्परागत सञ्चार प्रणाली आज विकसित र वैज्ञानिक सञ्चारको रूपमा रूपान्तरण हुँदै गएको छ ।

 

नेपालको सन्दर्भमा पत्रकारिताको इतिहासलाई नियालेर हेर्दा कुनै समय वा कालखण्डको परम्परागत सञ्चार प्रणाली आज संघीय लोकतान्त्रिक गणतन्त्रको डिजिटल सञ्चार युगमा आइपुगेको छ । नेपाली पत्रकारिताको इतिहास वि सं १९५५ बाट सुरु भएको एउटा साहित्यिक पत्रिका प्रकाशनलाई मानिन्छ । तर समय परिवर्तनसँगै पत्रकारिताको इतिहास चरणबद्ध रुपमा विकसित बन्दै आज न्यू मिडियाको संसारमा स्थापित हुँदैछ ।

 

जसकै फलस्वरूप आजको युगमा डिजिटल सञ्चार अन्तर्गत प्रभावकारी बन्दै गएको न्यू मिडियाले एकातर्फ पाठक र सामाजिक प्रयोगकर्तालाई छिटो छरितो सत्यतथ्य समाचार र सूचना प्रवाहको पहुँचमा पुर्‍याएको  छ । अर्को तर्फ सामाजिक सञ्जाल प्रयोगकर्ताकै कारण डिजिटल सञ्चार माध्यमहरू संकटमा पर्न थालेका छन् । त्यस्तै कतिपय अवस्थामा अनलाइन मिडियाले प्रवाह गर्ने गलत सन्देशका कारण पत्रकारिताको नैतिकता र जिम्मेवारीमा चुनौती सहितको प्रश्न चिन्ह खडा गरिदिएको छ ।

 

यसको मतलब पत्रकारिता क्षेत्रमा मात्रै समस्या देखिएको हो भन्न खोजिएको होइन । आज हाम्रा सामाजिक मूल्यमान्यता, सांस्कृतिक चालचलन, रहनसहन, परिवेश लगायत हरेक क्षेत्रमा विचलनको अवस्था देखिन्छ । त्यस्तै सुशासन, र जवाफदेहितामा पारदर्शिता देखिँदैन । आर्थिक र राजनीतिक क्षेत्रमा पनि समस्या नै समस्या छ । अवसरवादी चिन्तन र व्यथितिले सीमा नाघेको देखिन्छ । हो यही बेला तमाम समस्याको समाधान गर्न सबै क्षेत्रमा अब सुधारको आवश्यकता देखिन्छ ।

 

त्यसैले सुधार न्युज अनलाइन मिडियाको उद्देश्य नै बिग्रिएकोलाई राम्रो बनाउनु अर्थात् सुधारेर लैजानु हो । हाम्रो यो यात्राले कुनै व्यक्ति, समाज र राष्ट्रलाई असल बनाउन वा सपार्न सन्तुलित समाचार र विचारले सही मार्गमा पुर्‍याउन मद्दत गर्नेछ ।

 

अर्थात् हाम्रो समाचार र हामीले उठान गर्ने विषयवस्तुले मुख्य रूपमा व्यक्तिगत, सामाजिक र प्राविधिक सुधारमा सहयोग पुर्‍याउनेछ । मतलब हामीले प्रवाह गर्ने समाचारबाट कुनै पनि व्यक्तिले आफ्नो व्यक्तिगत  आनीबानी, ज्ञान तथा सीपमा सुधार गर्नेछ । त्यस्तै समाजका असल र खराब पक्षलाई सुधार गर्दै नयाँ र न्यायपूर्ण व्यवस्थामा सघाउ पुर्‍याउने छ । र अन्त्यमा कुनै पनि वस्तु, प्रणाली वा प्रक्रियालाई अझ प्रभावकारी एवं सशक्त बनाउन सुधार न्युज सधैँ एक कदम अगाडि बढ्ने छ । हाम्रो यस यात्रामा तपाईँको साथ निरन्तर रहिरहनेछ ।

सुधार न्युज ।

शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

भर्खरै

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ३.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ४.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ५.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ६.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.