रुकुम पश्चिम -२२, माघ
Advertisement
आज र भोलि देशभरीका अधिकांश भू-भागमा मौसम बदली हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेकाले आज र भोलि देशका अधिकांश भू-भागमा मौसम बदली हुने भएको हो ।
आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा मौसम बदली छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भू-भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा मौसम सामान्य बदली भए पनि वर्षा र हिमपातको भने सम्भावना नभएको जनाएको छ ।
महाशाखाले उच्च पहाडी र हिमाली क्षेत्रमा भोलि हिमपात हुने सम्भावना रहेकोले त्यस क्षेत्रमा बसोबास गरेका नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।