• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

चलचित्र ‘लाज शरणम्’ को क्यारेक्टर पोस्टर सार्बजनिक


रुकुम पश्चिम -११, माघ । 

Advertisement

 

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिल्म ‘लाज शरणम्’ को क्यारेक्टर पोस्टर सार्बजनिक गरिएको छ । चलचित्रमा गोप्य राखिएका कलाकार सीताराम कट्टेल (धुर्मुस) सहित अन्य कलाकार चित्रित क्यारेक्टर पोस्टर शुक्रबार सार्बजनिक गरिएको हो ।

पोस्टरमा सीतारामलाई दौरा-सुरुवाल र कालो रंगको ज्वारीकोटमा देख्न सकिन्छ । एउटा हात उठाएर अभिवादन गरिरहेका उनको अर्को हातमा आइफोन छ । घाँटीमा चस्मा झुण्ड्याएका छन् । फिल्ममा उनी क्रूर राजनीतिज्ञको भूमिकामा रहेको यसबाट प्रष्ट हुन्छ । सीतारामको गेटअपले फिल्मप्रति दर्शकमा उत्सुकता बढाएको छ ।

फिल्मका शीर्ष कलाकारहरु मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाल पनि चित्रित छन् । पृष्ठभूमिमा भने त्रिभुवन विमानस्थलको दृश्य र दुर्गम पहाडी भेगमा कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको गहिरो कथावस्तुबारे छनक दिन्छ ।

कुमार कट्टेलको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा अर्जुन घिमिरे, हरिष निरौला, सागर लम्साल, प्रशान्त ताम्राकार, रेणु योगी, प्रियाना आचार्य, माला लिम्बू लगायतको पनि अभिनय छ । सुदीप बरालको छायांकन रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ तथा सह-निर्मातामा राम नरेश शाह र सृजना खड्का छन् । यो फिल्मको एउटा गीत काठमाडौंका मेयर बालेन्द्र शाहले गाएका छन् । फिल्म आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउने तयारीमा छ ।

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.