रुकुम पश्चिम -८, माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यालयको पहिलो दिनमा अध्यागमन सम्बन्धी १० कार्यकारी आदेश जारी गर्ने योजना बनाएका छन् । राष्ट्रिय आपतकाल घोषणा गर्ने गरी उनले उद्घाटन सम्बोधनमा बोल्दै दक्षिणी सिमानामा राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका हुन् ।
संकटकाल घोषणा हुने क्षेत्रहरुमा दक्षिणी संयुक्त राज्य अमेरिकाको टेक्सास, न्यू मेक्सिको, एरिजोना, र क्यालिफोर्निया राज्यहरूसँग जोडिएको करिब तीन हजार एकसय ४५ किलोमिटर लामो सिमा छ ।
यस्तै दोस्रो चरणमा अमेरिकामा अवैधानिक रुपमा बस्दै आएका लाखौं आप्रवासीलाई जहाँबाट आएको त्यहाँ फर्काउने प्रक्रिया सुरु गर्ने उनले बताएका छन् । अवैध आप्रवासीहरुलाई देश निकाला गर्ने उनको चुनावी अभियनको मुख्य एजेन्डा थियो । यस बाहेक जन्मसिद्ध नागरिकताको अन्त्य गर्ने कुरा पनि उनले बताएका छन् ।
उनले सोमबार मात्र राष्ट्रपतिको औपचारिक रुपमा पदभार सम्हालेका छन् ।