• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आज बडा दसैँ

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

कखरा डटकम सातौँ वर्षमा प्रवेश 


रुकुम पश्चिम -१, कात्तिक ।

Advertisement

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट प्रकाशनमा रहेको डिजिटल मिडिया कखरा डट कम सातौँ वर्षमा प्रवेश गरेको छ । २०७७ साल कार्तिक १ गते घटस्थापनाका दिन देखि सञ्चालनमा आएको कखरा डट कम आजबाट छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको हो ।

 

एमपीसी मिडिया प्रालिद्वारा सञ्चालित कखराले विशेष गरी स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेको छ । रुकुम पश्चिम सहित यस आसपासका विषयलाई कखराले विशेष प्राथमिकताका साथ उठाउँदै आएको छ । विश्वसनीय खबर प्रवाह, सुशासन तथा पारदर्शीताका लागि खबरदारी, घटनाको विश्लेषण, विचार सहित समाजका हरेक पक्षलाई कखराले प्राथमिकता दिइरहेको छ ।

 

‘सबैको खबर सम्पूर्ण खबर’ भन्ने नारालाई आत्मसाथ गरेको कखराले ६ वर्षको यात्रामा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ । पाठकहरूको माया, विश्वास र सहयोग नै आफ्नो सबैभन्दा ठूलो शक्ति बनेको एमपीसी मिडिया प्रालिका अध्यक्ष धनबहादुर खड्का ‘वसन्त’ले जारी गरेको प्रकाशकीयमा उल्लेख छ ।

 

प्रकाशकीयमा आगामी दिनमा पत्रकारिताको गुणस्तर अभिवृद्धि, प्रविधिको प्रभावकारी प्रयोग र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै यात्रालाई अझ गतिशील बनाउने संकल्प गरिएको छ ।

 

‘समाचारमा मात्र सीमित नभई विचार, विश्लेषण, ब्लग, मल्टिमिडिया र पाठकका सिर्जनालाई समेत प्राथमिकता दिँदै पत्रकारिताको व्यापक अभ्यासमा अघि बढिरहेका छौँ, प्रविधिको विकाससँगै भिडियो, तथ्याङ्कमा आधारित समाचार र नयाँ प्रस्तुतीकरणका माध्यमलाई आत्मसात् गर्दै विश्वसनीय, तथ्यपरक र पाठकमैत्री सामग्री पस्कन हामी प्रतिबद्ध छौँ,’ प्रकाशकीयमा भनिएको छ ।

 

सत्ता र शक्तिलाई प्रश्न गर्ने, नागरिकका आवाज उठाउने, सार्वजनिक निकायलाई जबाफदेही बनाउने तथा सुशासन, पारदर्शिता र विधिको शासनका पक्षमा उभिने प्रतिबद्धता समेत जनाइएको छ । दसैँ, तिहार तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरिएको छ ।

आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आज बडा दसैँ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.