रुकुम पश्चिम -३१, असोज ।
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडाले नेपाललाई २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनाएको हो ।
क्यानडाका लागि ओपनिङ ब्याट्सम्यान युवराज साम्राले सर्वाधिक १ सय पाँच रन बनाए । उनले १ सय १७ बलको सामना गर्दै चार छक्का सहित ११ चौका हानेका थिए ।
नेपालका लागि ललित नारायण राजवंशीले चार विकेट लिँदा कप्तान सन्दीप लामिछानेले तीन, दिपेन्द्र सिंह ऐरीले दुई र रोहित पौडेलले एक विकेट लिन सफल भए ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी लिग -२ को आजको खेलमा नेपालले क्यानाडालाई पराजित गर्न सके अङ्कतालिकाको छैटौँ स्थानमा रहने मौका छ ।
आयोजक राष्ट्र ओमान, क्यानडा र नेपाल सम्मिलित लिग-२ अन्तर्गतका अघिल्ला दुईवटै खेलमा नेपालले जित हासिल गरेको छ ।