रुकुम पश्चिम -२६, असोज ।
Advertisement
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -९, लिङ्गुरमा दशैं विशेष खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । समाज रूपान्तरण युवा समूहको आयोजनामा असोज ३० गतेदेखि दशैं विशेष खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना हुन लागेको हो ।
आयोजक युवा समूहका अध्यक्ष सर्वजित खड्काका अनुसार खेलकुद कार्यक्रम अन्तर्गत वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता राखिएको छ । भलिबल तर्फ विजेतादेखि सान्त्वना हुने टिमलाई पुरस्कार सहित मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
त्यस्तै घैँटोफोर, बेलुन फुटाउने, एकल नृत्य, लोकदोहोरी लगायत प्रतियोगिता राखिएको आयोजकले बताएको छ । यी प्रतियोगितामा पनि प्रथमदेखि सान्त्वना हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
दशैँ विशेष खेलकुद कार्यक्रममा विविध स्थानीय झाँकीहरू समेत प्रस्तुत गरिने छ ।