रुकुम पश्चिम -२५, असोज ।
Advertisement
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपालले क्यानडासँग खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान ११:१५ देखि ओमानको अल अमेरात क्रिकेट मैदानमा सुरु हुने छ ।
शीर्ष चारको सम्भावना समाप्त भइसकेको नेपालले शीर्ष ६ मा रहनका लागि आजको खेल जित्नैपर्ने समिकरण रहेको छ । आयोजक राष्ट्र ओमान, क्यानडा र नेपाल सम्मिलित लिग-२ मा नेपालले चारवटा खेल खेल्ने छ ।
यदि चारवटै खेल जितेमा नेपाल शीर्ष ६ मा पर्ने सम्भावना जीवितै रहेको छ । नेपालले अहिलेसम्म ३२ खेल खेल्दै अङ्कतालिकामा २४ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।
नेपालको कप्तानी सन्दीप लामिछानेले गरेका छन् ।