रुकुम पश्चिम -२३, असोज ।
Advertisement
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सह-सचिवमा लोक दोहोरी गायक तिलक परियार निर्विरोध निर्वाचित भएका छन् । महोत्तरीको बर्दिबासमा जारी ९औं राष्ट्रिय महाधिवेशन-२०८३ बाट प्रशासनिक सहसचिवतर्फ निर्विरोध निर्वाचित भएका हुन् ।
रुकुम पश्चिम घर भई काठमाण्डौलाई कर्मथलो बनाउँदै लामो समय देखि लोक दोहोरी क्षेत्रमा क्रीयाशील गायक परियार मौलिक लोक गायकका रुपमा दर्शक स्रोतामा परिचित छन् । लोकदोहोरी प्रतिष्ठानको सहसचिवमा निर्वाचित परियारले थुप्रै गीतमा आवाज दिएका छन् ।
बिहिबार बर्दिबासमा सुरु भएको केन्द्रीय महाधिवेशन शनिबार सकिँदैछ ।
प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् ।