रुकुम पश्चिम -२७, भदौ ।
Advertisement
काठमाडौंमा सम्पन्न एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितसँगै अन्नपूर्णले एनभिएलको सर्वाधिक पुरस्कार २० लाख रुपैयाँ विजेताको रूपमा प्राप्त गरेको छ । कर्णालीले भने उपविजेताको रूपमा चित्त बुझाएको छ ।
भलिबल इतिहासमै पहिलोपटक आयोजना भएको एनभिएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । एनभिएलमा ६ वटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा १० देशका १८ विदेशी खेलाडीले विभिन्न ६ फ्रेन्चाइज टोलीबाट खेलमा सहभागी जनाए ।