रुकुम पश्चिम -१५, भदौ ।
Advertisement
मुसिकोट नगरपालिका -१३, सादनचौरमा सौभाग्य आयल स्टोर सञ्चालनमा आएको छ । मध्यपहाडी लोकमार्गमा चल्ने सवारी साधनलाई लक्षित गरी आजदेखि आयल स्टोर सञ्चालनमा आएको हो ।
नेपाल आयल निगमको आधिकारिक विक्रेताको रुपमा रहेको स्टोर बाट पेट्रोल र डिजेल उपलब्ध गराइने सञ्चालक याम प्रसाद डाँगीले बताए । तीन करोड लगानीमा उक्त आयल स्टोर सञ्चालनमा ल्याइएको छ ।
सौभाग्य आयल स्टोरको उद्घाटन मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले गरेका हुन् ।