• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

एनभिएलमा आज दुई खेल हुँदै

शिक्षक लोकेन्द्र चन्द सम्मानित 

त्रिवेणी प्रज्ञा प्रतिष्ठान रुकुम पश्चिमको प्रथम स्थापना दिवस मनाइयो  

रामु पुनले जिते ‘न्यु मोडर्न सङ्ग एक्टर मेल’ विधाको अवार्ड

लोकप्रिय समाचार

  • १. शिक्षक लोकेन्द्र चन्द सम्मानित 

  • २. रामु पुनले जिते ‘न्यु मोडर्न सङ्ग एक्टर मेल’ विधाको अवार्ड

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. त्रिवेणी प्रज्ञा प्रतिष्ठान रुकुम पश्चिमको प्रथम स्थापना दिवस मनाइयो  

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

‘अनुयात्री’ नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश


चिना बराल 

Advertisement

सुर्खेत -१४, भदौ ।

लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै आएकी रुकुम पश्चिमकी महिला नेतृ पार्वती विक ‘अनुयात्री’ नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन् ।

केही दिनअघि वीरेन्द्रनगर, सुर्खेतमा आयोजित अखिल नेपाल महिला संगठनको एकता भेलामा नेतृ विक पार्टीमा प्रवेश गरेकी हुन् ।

 

अखिल नेपाल महिला संगठनकी केन्द्रीय संयोजक दामा शर्मा प्रमुख अतिथि, सहसंयोजक मानव सिग्देल, केन्द्रीय संगठन विभाग प्रमुख रेणु दाहाल लगायत नेताहरूले विकलाई पार्टी प्रवेशमा स्वागत गरे ।

 

 

पार्टी प्रवेशपछि उनले नेपालका विभिन्न वामपन्थी शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको धारणा राखिन् । साना–साना कम्युनिष्ट पार्टी निर्माण गरेर विभाजित भइरहनुभन्दा जनताको पक्षमा एउटै बलियो वामपन्थी शक्ति निर्माण गर्नुपर्ने उनको जोड छ ।

उनले आफ्नो राजनीतिक यात्रालाई महिला अधिकार, सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रसँग जोड्दै आगामी दिनमा पनि जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

 

२०५७ सालमा नेकपा माओवादीको सदस्य हुँदै २०५८ सालमा पूर्णकालीन कार्यकर्ताका रूपमा जिम्मेवारी सम्हालेकी उनले त्यसपछि संगठन तथा मिलिसियामा समेत काम गरेकी थिइन् । २०६० सालमा रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा तत्कालीन शाही सेनाको घेरा तोडेर सुरक्षित रूपमा बाहिरिन सफल भएको उनको राजनीतिक जीवनको महत्वपूर्ण घटना रहेको छ ।

 

शान्ति प्रक्रियापछि २०६४ सालदेखि उनले महिला विभागको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । त्यसपछि २०७३ सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा प्रवेश गरेकी विकले पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरिन् । जनसरकार सभामुख, पार्टी नगर इन्चार्ज, जनमुक्ति सेना, महिला नेतृ, केन्द्रीय सदस्य, कर्णाली प्रदेश महिला इन्चार्ज तथा केन्द्रीय आयोजक कमिटी सदस्य लगायतका जिम्मेवारीमा रहेर काम गरेको उनले बताएकी छन् ।

 

करिब १२ वर्ष विप्लव नेतृत्वको पार्टीमा रहेर काम गर्दा गिरफ्तारी र विभिन्न मुद्दाको सामना गर्नुपरेको उल्लेख गर्दै विकले आफूले अपेक्षित राजनीतिक उपलब्धि हासिल गर्न नसकेको महसुस गरेको बताइन् । उनका अनुसार राजनीतिक निर्णय लिन परिस्थितिले महत्वपूर्ण भूमिका खेल्ने भएकाले अन्याय, अत्याचार र विभेदविरुद्धको संघर्षलाई निरन्तरता दिन आफूले नयाँ राजनीतिक निर्णय लिएकी हुन् ।

 

रुकुमको जनयुद्धकालीन राजनीतिक पृष्ठभूमिबाट उदाएकी विकको नेपाली कम्युनिष्ट पार्टी प्रवेशलाई उनको समर्थकहरूले लामो राजनीतिक संघर्ष र महिला नेतृत्वको निरन्तरताका रूपमा लिएका छन् । उनको प्रवेशले विशेषगरी रुकुम तथा कर्णाली क्षेत्रमा वामपन्थी राजनीतिक वृत्तमा नयाँ राजनीतिक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ
एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  
ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 
लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
एनभिएलमा आज दुई खेल हुँदै

लोकप्रिय

  • १.
    शिक्षक लोकेन्द्र चन्द सम्मानित 

  • २.
    रामु पुनले जिते ‘न्यु मोडर्न सङ्ग एक्टर मेल’ विधाको अवार्ड

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    त्रिवेणी प्रज्ञा प्रतिष्ठान रुकुम पश्चिमको प्रथम स्थापना दिवस मनाइयो  

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ४.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

  • ५.
    लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ७.
    शिक्षक लोकेन्द्र चन्द सम्मानित 

  • ८.
    त्रिवेणी प्रज्ञा प्रतिष्ठान रुकुम पश्चिमको प्रथम स्थापना दिवस मनाइयो  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.